राष्ट्रपतिलाई माग्नेको झटारो, ‘घरमा चामल छैन १८ करोडको कसौंडी’



०४ मङ्सिर २०७५, काठमाडौं

पछिल्लो समय राष्ट्रपतिको गाडी खरिदको कुराले सामाजिक संजाल निकै गर्माएको छ । राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने कुराको सामाजिक संजालमा तर्क वितर्कहरु भईरहेका छन् ।

यसै सन्दर्भमा केन्द्रित रही नेपाली कलाकर्मीहरुले समेत विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । केहिदिन अघि नायिका रेखा थापाले राष्ट्रपतिलाई महिलाको अवस्था सोध्दै दमदार प्रश्न गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिईन् ।

यस्तैमा अहिले पछल्लो समय नेपाली हास्य क्षेत्रमा निकै नै ख्याती कमाएका कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले पनि यसको विरोधमा स्टाटस लेखेका छन् । उनले आफ्नो फेसबुक पोस्टमा गाडीलाई कसौँडीको संज्ञा दिई, ‘घरमा सबैलाई पुग्ने चामल नै छैन भने महंगो कसौंडी किन किन्ने ? ३ बिलासी–गाडी’ भनी लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्