०४ मंसिर २०७५, काठमाडौं
संयुक्त अरब इमिरेट्स (यूएई) का तिब्र गतिका बलर मोहम्मद नावेद एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२०० प्रतियोगिताको तेस्रो संस्करणको लागि नेपाल आउने भएछन् ।
आगामी मङ्सिर २२ गतेदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिताको प्रत्येक टिममा ३ बिदेशी खेलाडी हुनैपर्ने नियम रहेको छ । पीपीएलमा शरद भेसावकर कप्तानीको पोखरा राइनोजबाट खेल्दै उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका नावेदलाई इपिएलमा पनि शरद भेसावकरकै कप्तानीको टिम भैरहवा ग्लाडीएटर्सले अनुबन्ध गरेको हो ।
तिब्र गतिको बलिंगको साथै आक्रामक ब्याटिंग गर्न सक्ने नावेदले आफ्नो देशको लागि अहिलेसम्म ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र २३ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका छन् । उनको नाममा ३३९ रन र ४५ एकदिवसीय विकेट रहेका छन् भने १६४ रन र २९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय विकेट रहेका छन् ।