बढी कर तिर्नेहरुलाई सम्मान गर्दा निर्माण व्यवसायलाई उपेक्षा



०३ मंसिर २०७५, काठमाण्डौं

सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गर्ने क्रममा सरकारले निर्माण व्यवसायलाई सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले असन्तुष्टि जनाएको छ ।

सरकारले शनिबार राजधानीमा एक कार्यक्रमबीच गत वर्ष सबैभन्दा बढी कर बुझाउने व्यवसायीक संस्था, बैंक, बिमा व्यवसाय, पर्यटन व्यवसाय, स्वास्थ्य शिक्षा सहित विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको थियो । तर त्यसमा निर्माण क्षेत्रलाई भने सम्बोधन नगरिएको भन्दै महासंघले असन्तुष्टि जनाएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष पेम्बा लामा शेर्पाले विज्ञप्ति मार्फत् समृद्ध नेपाल सुखी नेपालीको नारा सहित अघि बढेको सरकारले यसरी निर्माण क्षेत्रलाई नै उपेक्षा गर्नु उपयुक्त नभएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्