शुभप्रभात नेपालको वृहत रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)



०२ मंसिर २०७५, काठमाडौं

२०६६ सालदेखि स्थानीय साधन स्रोतको प्रयोग गरी विभिन्न सामाजिक गतिविधिमा संलग्न शुभप्रभात नेपालले ‘रक्तदान नै जीवनदान हो’ भन्ने मूल नाराको साथ काठमाडौंको सुकेधारा चोकमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका सदस्य उद्धवप्रसाद भट्टराईका अनुसार कार्यक्रममा १३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । रक्तदानमा सहभागीहरुलाई प्रशंसा पत्र र परिचय पत्रको व्यवस्था गरिएको थियो भने आयोजकले जुस, खाजा र खानाको व्यवस्था समेत गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी सहकार्यमा यस अघि पनि संस्थाले रक्तदानको कार्यक्रम संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्