अब मोटोपनको समस्या नष्ट, यसरी पकाएको खानाले बढ्दैन तौल…



०२ मङ्सिर २०७५, काठमाडौं

तौल घटाउन चाहनुहुन्छ ? अनि खाना घटाइरहनुभएको छ ? कहिलेकाँही त मोटाइने डरले आधा पेट खाएर पनि उठ्नु भएको होला ? अब तपाईको लागि तनावको दिन सकिएको छ । हालै भएको एक अनुसन्धानमा चामल पकाउने यस्तो नयाँ तरिका पत्ता लगाइएको छ, जसले यसको क्यालोरी कम गर्न सक्छ ।

श्रीलंकाको द कलेज अफ केमिकल साइन्सका शोधकर्ताहरुका अनुसार चामललाई नरिवलको तेलसँग पकाउँदा खानाबाट ६० प्रतिशत क्यालोरी कम हुनसक्छ ।

उनीहरुको दावी छ, चामलमा नरिवलको तेल राखेर विशेष तरिकाले पकाउँदा त्यसमा रेजिस्टेंट स्टार्चको मात्रा बढ्छ । जसबाट सुगर बोसोमा बदलिने खतरा कम हुन्छ ।

शोधकर्ताहरुका अनुसार, यदि चामललाई नरिवलतको तेलमा पकाएर १२ घन्टाको लागि फ्रिजमा राखिपछि मात्र खाइन्छ भने यसबाट खानामा हुने क्यालोरीको मात्रा आधाभन्दा पनि धेरै कम हुन्छ ।

खाना पकाउने बेला उम्लिएको पानीमा एक चम्चा नरिवलको तेल राख्नुपर्छ र फेरि आधा कप चामल राखेर पकाउनुपर्छ । ४० मिनेटसम्म पकाएपछि यसलाई चिसो बनाउन फ्रिजमा १२ घन्टासम्म राख्नुपर्छ ।

उनीहरुका अनुसार यसरी खाना बनाउँदा फुड प्वाइजिनिंगको पनि आशंका गरेका छन् । जसबाट बच्न खानु अघि खानालाई केही तताउनुपर्छ । फ्रिजबाट निकालेपछि खाना एक घन्टाभित्र खाइसक्नुपर्छ । खाना तताउँदा बाफ आउनेगरी तताउनुपर्छ । खानालाई चिसो बनाएपछि पटक पटक तताउनुपर्दैन ।

श्रीलंकालीलाई शोधकर्ताहरुका अनुसार ३८ किसिमका अलग अलग चामलहरुमाथि परीक्षण गरेर यो निष्कर्ष निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्