शहिद स्मारक ए डिभिजन लिग : पुलिस र मछिन्द्र बराबरी



०२ मंसिर २०७५, काठमाडौं

केही समय अगाडी स्थगित भएको शहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको आज भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

आइतबार भएको पहिलो खेलमा पुलिस र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाएको मौकामा गोल गर्न नसक्दा दुवै टोलीले बराबरी खेलेका हुन् ।

पहिलो खेलमा नेपाल पुलिसले जावलाखेललाई पराजित गरेको थियो भने मछिन्द्रले च्यासल युथ क्लबसंग गोल रहित बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्