शहिद स्मारक ‘ए’ डिभिजन लिग : आज हुने पहिलो खेलमा आर्मी र च्यासलबीच प्रतिस्पर्धा हुँदै



०१ मंसिर २०७५, काठमाडौं

केही समय अघि स्थगित भएको शहिद स्मारक ‘ए’ डिभिजन लिगको आज हुने पहिलो खेलमा आर्मी क्लब र च्यासलबीच प्रतिस्पर्धा हुने भएको छ ।

एपीएफल मैदान हल्चोकमा हुने खेल दिउँसो २ः३० बजे सुरु हुने जनाईएको छ । खेलको दृष्टिले बलियो मानिएको दुई प्रतिद्वन्दीको खेल रमाञ्चक हुने अनुमान गरिएको छ । उद्घाटन खेलमा दुबै टोलीले बराबरी खेलेका थिए ।

आर्मीेले एआरटी सँग २–२ को बराबरी खेलेका थिए, भने च्यासलले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेका थिए । दुबै टोलीमा राष्ट्रिय खेलाडीहरुको जमात रहेकोले यो खेल निकै रमाईलो हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्