आर्थिक अभावले सुनसरीमा एक बृद्धाको बिचल्ली



३० कार्तिक २०७५, सुनसरी

सुनसरीको रामधुनि नगरपालिका वडा नं. ६ मा बस्दै आएकी ७५ बर्षिया एक बृद्धको आर्थिक अभावले बिचल्ली भएको छ । रामधुनि नगरपालिका सिसुवाको एलानि जग्गामा रहेको छाप्रोमा बस्ने बृद्धा फुलमति राजधामीको आर्थिक अभावले दैनिकी चलाउनै समस्या भएको हो ।

जाडोको समयमा जिर्ण छाप्रोमा बस्ने बृद्धाका कोही आफन्त छैनन् । गएको माघमा पति बनु राजधामीको समेत मृत्यु भएपछि बृद्धालाई पालनपोषण गर्ने कोही छैन । पतिको मृत्यु पश्चात भतिजोले आफ्नो घर लगे पनि बृद्धा उक्त स्थानमा बस्न नसकेपछी हाल ऐलानी जग्गामा बनेको छाप्रोमा बसेकी छन् । इटहरी क्षेत्रकी सामाजिक अभियान्ता कृष्णकला राईको सक्रीयतामा २ बर्ष बनेको बनेको छाप्रो समेत जिर्ण रहेको छ । छाप्रोमा लगाईएको ढोका समेत उक्कीएको छ ।

छोराछोरी समेत नभएकी बृद्धा राजधामीसँग हाल ओढ्ने आछ्याउने लुगा र खानका लागि अन्न समेत छैन । राजधामीलाई हालसम्म देवर पर्ने भानुभक्त राजधमी खाना दिने गरेतापनि बृद्धासंग जाडोका लागि लगाउने लुगा छैनन् । उनिहाल सिमेन्टका बोरा ओछ्याएर सुत्ने गरेको स्थानिय रेखा राजधामीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्