रामधुनीको दायित्व फछर्याैट हुन नसक्दा पुनः अधिकृतमा न्यौपाने



३० कार्तिक २०७५, रामधुनी

रामधुनी नगरपालीकामा गत बर्षको दायित्वहरु फछर्यौट हुन नसक्दा प्रथम चौमासिक सम्म कुनै योजना अगाडी बढ्न सकेका छैनन् । उपभोक्ता समितिहरुले सम्पन्न गरेका योजनाहरुको रकम भुक्तानिमा समस्या उत्पन्न हुदा योजना कार्यान्वयनमा समस्या भएको हो ।

कार्तिक ३० गतेबाट प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने पुनः नगरपालिकामा आएका छन् । न्यौपाने पुनरागमन हुदै चालु आर्थिक बर्षमा भएको योजनाहरु छिटै सुरु हुने बताए । गत बर्षको दायित्वहरु फछर्यौट गर्दै नयाँ योजनाहरुको थालनि गर्ने जानकारी गराउँदै क्रमिक रुपमा सबै उपभोक्ता समितिहरुले भुक्तानि पाउने न्यौपानेको भनाई छ । ‘यस भन्दा पहिले अधिकृत म आफै थिए,’ ‘पुनः आउँदा सबै योजनाहरुको बारेमा थाहा भएकोले अबका दिनमा कुनै समस्या नहुने बर्तमान अधिकृत न्यौपानेले बताए’ ।

चालु आर्थिक बर्ष सुरु भएसंगै नयाँ प्रमुख प्रशासकियको रुपमा अम्बिका चौलागाई आउदा दायित्वहरु फछर्यौट गर्न मानेका थिएनन् । चौलागाई रामधुनीमा नयाँ अधिकृत भएकोले गत बर्षको योजनाहरुको सम्पन्न बारे थाहा नभएको भन्दै भुक्तानि रोकिएको थियो ।

सम्पन्न भएका योजनाहरुको बिलभौचर असारमै पेश गरेपनि समितिले रकम पाउन सकेको थिएन । समितिले चार महिना सम्म रकम पाउन नसक्दा नगरपालिकामा धर्ना दिदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्