एभरेस्ट प्रिमियर लिगलाई आईसीसीद्वारा मान्यता



३० कार्तिक २०७५, काठमाडौं

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एभरेस्ट प्रिमियर लिगलाई मान्यता दिएको छ । हिजो काठमाडौंमा इपिएल प्रतियोगिता आयोजकले विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो ।

प्रतियोगिता आयोजकले आइसिसीलाई २० हजार अमेरिकी डलर (नेपाली रुपैंया करिब २७ लाख) तिरेपछि आइसिसीले काठमाडौंमा हुने फ्रेन्चाइजी टी–२० क्रिकेटलाई मान्यता दिएको हो । मान्यता पाएकोमा आयोजकले खुसी व्यक्त गरेको छ । इपिएल आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली क्रिकेट र खेलाडीको विकासका लागि आयोजना भएको यो प्रतियोगितालाई आइसिसीले मान्यता दिएको छ ।’

आइसिसीले नेपालबाट गएको २० हजार डलर पनि नेपाली क्रिकेटकै विकासमा खर्च गर्ने समेत जनाएको छ । इपिएल प्रतियोगिता आगामी मंसिर २२ देखि काठमाडौंस्थित टियु मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगितामा अघिल्लै संस्करणका देशका प्रमुख ६ सहरका क्लबले भाग लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्