
पक्कै पनि कुनै पुरुषले विवाहको कल्पना गर्दा राम्रो जिउडाल मिलेको सुन्दर युवतीको कल्पना गर्छन् । र महिलाले पनि आफू सुन्दर देखिन फिटनेस सेन्टर धाउनेदेखि ‘डाइटिङ’ सम्म गर्ने गर्छन् । तर अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनिया जहाँ सुन्दरताको परिभाषा नै फरक छ । यहाँ विवाहका लागि मोटी केटी पाउनुलाई भाग्यको रुपमा लिईन्छ र विवाहका लागि पनि मोटीलाई नै रुचाइन्छ ।
मोटाघाटा महिला सुन्दर मानिने यो देशमा महिलालाई मोटाउनका लागि दवाव नै दिइन्छ । जव बालिका आठ, नौ वर्षका हुन्छन्, उनीहरुलाई विवाह योग्य बनाउन आवश्यकता भन्दा धेरै खुवाउने गरिन्छ । यदि खान नमानेमा कुटेर भए पनि खुवाइन्छ । यहाँ महिला जति धेरै मोटी हुन्छन्, त्यति नै सुन्दर मानिन्छ ।
मोटी केटी विवाह गर्ने पुरुषहरुमा विवाहपछि सम्पन्नता आउने लोकप्रिय मान्यताकै कारण यहाँका महिलालाई विवाह अघि १६ हजार क्यालोरी खुवाइन्छ । एघारौं शताब्दिेखि सुरु भएको यो मान्यता अहिले पनि कायम छ । एजेन्सी





