आईपीएलमा सन्दिप दिल्ली डेयर–डेभिल्सबाट खेल्दै



३० कार्तिक २०७५, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् ।

आगामी मार्च २३ बाट सुरु हुने १२औं सिजनको आइपिएलका लागि दिल्लीले सन्दीपलाई रिटेन गर्ने भएको हो । सन्दीपले गत सिजन दिल्लीबाट खेल्दै आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटरको इतिहास बनाएका थिए । दिल्लीले सन्दीपसहित १४ खेलाडीलाई रिटेन गरेको छ । नयाँ खेलाडीको रुपमा शिखर धवनलाई ५ करोड २० लाख भारुमा भित्र्याएको छ ।

दिल्लीको टिमबाट गौतम गाम्भिर, जासन रोय, ग्लेन म्याक्सवेल जस्ता खेलाडी भने बाहिरिएका छन् । सन्दीप गत सिजन ३२ लाख रुपैयाँमा दिल्लीमा आबद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्