युईएफए नेसन्स लिग : क्रोएसियाद्वारा स्पेन पराजित



३० कार्तिक २०७५, काठमाडौं

क्रोएसियाले युईएफए नेसन्स लिग फुटबलमा स्पेनलाई पराजित गरेको छ । शुक्रबार बिहान भएको खेलमा फिफा वर्ष खेलाडी घोषित क्रोएसियाका स्टार लुका मोड्रिकका टोलीले स्पेनलाई हराएको हो ।

क्रोएसियाको जितमा टिन जेडभाजले दुई गोल गर्दा आन्द्रेज क्रमारिचले एक गोल गरे । ड्यानीअल सेबालोस र सर्जियो रामोसले गोल गर्दा पनि स्पेनलाई जित दिलाउन सकेनन् । दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । खेलको ५४औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै सेबालोसले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरी दिलाएका थिए ।

खेलको ६९औं मिनेटमा जेडभाजले गोल गरेपछि क्रोएसियाले फेरी २–१ गोलको अग्रता बनाएको थियो । ७८ औं मिनेटमा रामोसले गोल गर्दै स्पेनलाई २–२ गोलको बराबरी दिलाएका थिए । खेलको अतिरिक्त समयमा जेडभाजले अर्को गोल गरेपछि क्रोएसियाले स्पेनमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्