इटहरीका दिर्घ रोगी जादैनन् सरकारी अस्पताल



२९ कार्तिक २०७५, सुनसरी

स्वास्थ्य सम्वन्धी एक सर्वेक्षणले सुनसरीको इटहरीका ८१ प्रतिशत दिर्घ रोगीहरु निजी अस्पताल तथा क्लीनिकहरुमा निर्भर भएको देखाएको छ ।

नसर्ने रोगहरुका विषयमा जेनेभा विश्वविद्यालय अस्पताल र जेनेभा विश्वविद्यालयको नेतृत्वमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इटहरीमा गरिएको एक सर्वेक्षणले सो तथ्यांक देखाएको हो । इटहरी उपमहानगरपालिकाका केही वडाहरुलाई आधार बनाएर गरिएको नमुना सर्वेक्षणका क्रममा ८१ दशमलव ४ प्रतिशत दीर्घ रोगीहरु निजी अस्पताल र क्लिनिकहरुमा भर पर्ने गरेको पाइएको तथ्यांक प्रस्तुत गरियो । जस अन्र्तगत ७९ दशमलव ६ प्रतिशत मधुमेह र ८३ दशमलव ४ प्रतिशत दिर्घ रहेको सर्वेक्षणका विषयमा सरोकारवालाहरुलाई जानकारी गराउन आयोजित कार्यक्रममा वताइयो । सो अवसरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर डा. निलाम्बर झाले नेपालमा साडे ६ लाख मधुमेहका रोगीहरु रहेको भएपनि आधा पहिचान हुन बाँकी रहेको समेत जानकारी गराए ।

जेनेभा विश्वविद्यालय अस्पताल र जेनेभा विश्वविद्यालयको नेतृत्वमा नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका उपायहरु खोजी गर्न शोर्धकार्य भई रहेको प्रतिष्ठानकै एडिसनल प्रोफेसर डा सुमनबहादुर सिंहले वताए ।

प्रतिक्रिया दिनुहोस्