महिला विश्वकप क्रिकेट : अष्ट्रेलिया सेमिफाईनलमा प्रवेश



२८ कार्तिक २०७५, काठमाडौं

अष्ट्रेलिया वेष्ट इन्डिजमा जारी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको खेलमा न्यूजील्यान्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलिया १ खेल अघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।

१५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्यूजील्यान्डले १७.३ ओभरमा सबै विकेटको क्षतिमा १२० रन मात्रै बनउन सकेपछि अष्ट्रेलियाले सहज जित निकालेको हो । न्यूजील्यान्डका लागि सुजिई बाटेसले ४८ र क्याटिय मार्टिनले २४ रन बनाएपनि अन्या खेलाडीले राम्रो रन बनाउन सकेनन् । बलिङतर्फ अष्ट्रेलियाकी मेगन स्कुटले ३ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि अलिसा हेयलीले ५३ रनको योगदान दिएकी थिइन् ।

अष्ट्रेलियाले लगातार ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक बनाएर १ खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको हो । समूह बी मा रहेको अष्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा भारतसँग १७ तारिखमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्