रिचार्ड स्कुडामोरलाई विस्थापित गर्दै इंग्ल्याण्ड प्रिमियर लिगको कार्यकारी पदमा सुसना डिनाज



२८ कार्तिक २०७५, काठमाडौं

इंग्ल्याण्ड प्रिमियर लिग फुटबलको कार्यकारी पदमा इतिहासमै पहिलो पटक महिला नियुक्ति गरिएको छ । सुसना डिनाज सो पदमा नियुक्ति भएकी हुन् । उनी निकट भविष्यमा नै विश्वको शक्तिशाली बन्ने पनि जनाईएको छ ।

विश्वको सबैभन्दा चर्चित फुटबल लिग हो, इंग्ल्याण्ड प्रिमियर लिग । त्यसैले यो लिगको सानो–सानो कुराहरुले पनि चर्चा पाईरहेको हुन्छ । पहिले जिम्मोवारी सम्हालिरहेका रिचार्ड स्कुडामोरलाई विस्थापित गर्दै उनी सो पदमा आएकी हुन् । डिनाजले यो भन्दा पहिले मिडीया अर्गानाईजेसन डिक्कोभरीको एनिमल प्लानेट च्यानलको ग्लोबल प्रमुखको जिम्मेवारीलाई प्रावधान अनुरुप सम्हालिसकेकी छिन् ।

‘यो जिम्मेवारी पाउनु मेरो अहोभाग्य हो’ उनले भनेकी छिन् । यो लिग सबैको लागि धेरै कुरा हो । ५९ वर्षीया डिनाज प्रिमियर लिगको व्यावसायिकता, विश्वमा रहेको चर्चा र लिगको सांस्कृतिक प्रभावका कारण सुसान बेलायती खेलकुदको पनि सबैभन्दा शक्तिशाली महिला बन्ने बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्