लुपेटेगुईको बर्खास्तपछि रियलले रोज्यो प्रशिक्षकमा सोलारीलाई



२८ कार्तिक २०७५, काठमाडौं

स्पेनिस क्लब रियल मड्रिडको अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई मु्ख्य प्रशिक्षकको जिम्मेवारी दिईएको छ । पूर्व प्रशिक्षक जुलने लुपेटेगुईको बर्खास्तपछि कार्यबहाकको जिम्मेवारी सम्हाल्दै आएका प्रशिक्षक सोलारीलाई नै प्रमुख प्रशिक्षकको जिम्मेवारीमा पनि नियुक्ति गरिएको हो ।

लुपेटेगुईको बर्खास्त तथा सोलारीको आगमनसँगैं आशातीत प्रगतिमा लम्किएको रियल मड्रिडको मुख्य प्रशिक्षकमा उनलाई नै रोजिएको हो । उनको आगमनपछि रियलले लगातार ४ खेल आफ्नो पोल्टामा पारेको छ । सोलारीको यो योगदानलाई बुझ्दै मुख्य प्रशिक्षकमा जनवरी ३० सन् २०२१ सम्मका लागि नियुक्ति गरिएको हो । उनले कोपा डेल रे अन्तर्गत मेलिल्लालाई, च्याम्पियन्स लिगमा भिक्टोरिया प्लाजेनलाई, ला लिगामा रियल भालाडोलिड र सेल्टा डि भिगोविरुद्ध जित दिलाएका थिए ।

पछिल्ला ४ खेलमा रियलले कुल १५ गोल गरेको थियो भने केवल २ गोल खाएको थियो । ला लिगामा रियल म्याड्रिड अहिले १२ खेलमा २० अंकसहित छैठौ स्थानमा रहेको छ भने शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा चार अंकले मात्र पछाडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्