भेट्रोनका लागि नेपाली टोली भारततर्फ प्रस्थान



२८ कार्तिक २०७५, काठमाडौं

भारतको गुवाहाठीमा हुन लागेको पाँचौं संस्करणको भेट्रोन फुटबल प्रतियोगिताका लागि नेपाली टोली आज (बुधबार) त्यसतर्फ प्रस्थान गरेको छ ।

युनाईटेड ब्रदर्श क्लबको आयोजनामा हुन लागेको खेलमा नेपालसहित, भारतको मणिपुर, कोलकाता, नयाँदिल्ली, भुटान र बंगलादेशका क्लबहरूले सहभागिता जनाउने छन् बताईएको छ । खेल १५ नोभेम्बरदेखि १८ नोभेम्बरसम्म चल्ने जनाईएको छ । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले आकर्षक उपहार प्राप्त गर्नेछन । प्रत्येक टोलीमा कम्तीमा ४५ वर्षमा ३ खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ ।

नेपाली टोलीमा पेन्द्रमान सिंह ९कप्तान०, राजेश मानन्धर, बाल गोपाल महर्जन, राकेश श्रेष्ठ, नवीन पाण्डे, दिनेश व्यन्जनकार, चेत नारायण श्रेष्ठ, शुक्र तामाङ, रविन मान व्यन्जनकार, विजय श्रेष्ठ, एस्ट कुमार कवे, सुविन शाक्य, कर्मा छिरिङ गुरुङ, आकाश गुरुङ, उज्वल श्रेष्ठ, छन्नुराम चौधरी, सरोज कुमार थापा, नरोत्तम गौतम, सन्जित सिंह र विजय शाही रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्