‘५० गोल’ अवार्ड क्रोएसियाका स्टार मोड्रिकको हातमा



२८ कार्तिक २०७५, काठमाडौं

रियल मड्रिडका खेलाडी तथा क्रोएसियाका स्टार लुका माड्रिकले ‘५० गोल’ अवार्ड हात पारेका छन् ।

विश्व फुटबलमा चम्किएका नामहरु लियोलन मेस्सी तथा क्रिस्टियानी रोनाल्डोजस्ता खेलाडीहरुलाई पछि पार्दै उनले सो अवार्ड हात पार्न सफल भएका हुन् ।
चर्चित संस्था ‘गोल’ ले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो सिजनको सो अवार्ड मोड्रिकले जितेका हुन् ।

सन् २००८ बाट प्रदान गर्न थालिएको सो अवार्डको यो ११ औं संस्करण हो । जुन अवार्ड हालसम्म मेस्सीले ४ तथा रोनाल्डोले ५ पटक हात पारिसकेका छन् । गएराती यूकेको एक कार्यक्रममाझ घोषणा भएको सो अवार्ड क्रोएसियाली स्टार मोड्रिकले हात पार्न सफल भएका हुन् ।

यो सिजनको अवार्डको दाबेदारमा युभेन्टसका खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी तथा रियल मड्रिडका खेलाडी क्रिस्टियानी रोनाल्डोलाई पनि मानिएपनि अवार्ड भने युभेन्टसकै अर्का स्टार लुका मोड्रिकको पोल्टामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्