आज ‘५० गोल’ अवार्ड घोषणा हुँदै, को को छन् त दाबेदारको लिस्टमा ?



२७ कार्तिक २०७५, काठमाडौं

चर्चित खेल सञ्चार संस्था ‘गोल’ ले वर्षेनी दिने गरेको ‘५० गोल’ अवार्ड आज घोषणा हुँदै छ । अवार्ड वर्षभरिको प्रदर्शन भएका खेलका आधारमा एक उत्कृष्ट खेलाडीलाई दिने गरिएको छ ।

सन् २००८ देखि दिन थालिएको सो अवार्ड आज युकेमा एक कार्यक्रम माझ घोषणा हुन लागेको हो । ११ औं संस्करणको यो अवार्ड यसभन्दा पहिले १० जना फुटबलरहरुले हात पारिसकेका छन् । यसपर्षको अवार्डको दाबेदार रियल मड्रिडका किष्टियानी रोनाल्डो, युभेन्टसका लियोनल मेस्सी तथा रियलकै लुका माड्रिकलाई मानिएको छ ।

हालसम्म यो अवार्ड मेस्सीले ४ पटक जितेका छन् भने रोनाल्डोले ५ पटक हात पारेका छन् । आज यो अवार्ड राती १२ बजे घोषणा हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्