ओलम्पिक एशियन छनौट : नेपाल र बंगलादेशबीच १–१ को बराबरी



२७ कार्तिक २०७५, काठमाडौं

ओलम्पिक एशियन छनौट अन्तर्गत आज नेपाल र बंगलादेशबीच भएको खेलमा दुबै टोलीले बराबरी खेलेका छन् । म्यानमारसँग बराबरी खेलेको नेपालले बंगलादेशसँगको खेलको पनि नतिजा परिवर्तन गर्न सकेन ।

याङगोनस्थित थुनुवा रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले १–१ बराबरीको नतिजा बाहिर्याएका हुन् । नेपालका लागि खेलको १६ औं मिनेटमा नेपाली टोलीका कप्तान निरु थापाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । तर, नेपालको त्यस अग्रतालाई तोड्दै बंगलादेशले पनि बराबरी पार्न सफल भयो ।

समूह ‘सी’ मा रहेको नेपाल २ अंक सहित तेस्रो स्थानमा रहेको छ, भने ४ अंक सहित म्यानमार शिर्ष स्थानमा छ । यता, बंगलादेश भने यो समयसम्म अंकबिहिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्