एशियन ओलम्पिक छनौट : पहिलो हाफमा नेपालको अग्रता



२७ कार्तिक २०७५, काठमाडौं

एशियन ओलम्पिक छनौट अन्तर्गत अहिले चलिरहेको खेलमा नेपालले  बंगलादेशविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । नेपालका लागि खेलको १६ औं मिनेटमा निरु थापाले १ गोलका साथ नेपाललाई अग्रता दिलाएकी थिईन् ।

अघिल्लो चरणमा प्रवेश गर्ने नेपालले यो खेल जित्नैपर्ने दबाब रहेको छ । सोमबार म्यानमारसँग बराबरी खेलेको नेपालको लागि यो खेल निकै महत्वपुर्ण रहेको छ । यो खेलले नेपालको अघिल्लो चरणको यात्राको निधो गर्ने खेल हो, त्यसैकारण नेपालले यस खेललाई चूनौतीको रुपमा लिएको छ । हिजो भएको म्यानमारसँगको खेलमा दुबै प्रतिद्वन्दीले १–१ बराबरी खेलेका हुन् ।

समूह ‘सी’ मा रहेको नेपाल २ अंक सहित तेस्रो स्थानमा रहेको छ, भने ४ अंक सहित म्यानमार शिर्ष स्थानमा छ । यता, बंगलादेश भने यो समयसम्म अंकबिहिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्