
२७ कार्तिक २०७५, काठमाडौं
नेपाल इन्जिनियर्स एशोसियशन (नेइए) को ३२ औं कार्यकारिणी समितिको निर्वाचन आगामी मंसिर २८ गते हुने भएको छ ।
देशभरिमा करिब १७००० मतदाता रहेको नेपाल इन्जिनियर्स एशोसियशनको नेतृत्व हरेक २/२ बर्षमा निर्वाचनबाट चुनिने गर्दछ ।
निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रोग्रेशिभ इन्जिनियरिङ्ग एशोसियशन नेपालको तर्फ प्रा.डा. त्रिरत्न बज्राचार्य नेतृत्वको प्यानलबाट उपमहासचिव पदमा ई. कपिल आचार्यले उम्मेदवारि दिएका छन् ।
गत बर्ष नेपाल इन्जिनियरिङ्ग कलेज (सामाजिक संस्था) लाई संचालक मध्ये बाटै कम्पनी प्रा.लि. बनाएको कार्य विरुद्ध आन्दोलनको नेतृत्व गर्दै प्रा.लि. खारेज गरि पुनः सामाजिक संस्थामा फिर्ता गर्न सफल भएको घटनाले आचार्य एकाएक चर्चामा आएका थिए । इन्जिनियरिङ्ग क्षेत्रमा उनी प्रष्ट वक्ता स्वच्छ छबी भएका एक इमान्दार इन्जिनियरको रुपमा चिनिने गर्दछन ।
विगत एक दशकदेखि उर्जा क्षेत्रमा कार्यरत ई. कपिल आचार्य आफु प्रोजेक्ट म्यानेजमेन्टको विद्यार्थी भएको बताउँछन् । विद्यार्थी कालमा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य सम्मको जिम्मेवारी पुरा गरेका आचार्य हाल प्रोग्रेशिभ इन्जिनियरिङ्ग एशोसियशन नेपाल (पिन) को केन्द्रीय सचिवालय सदस्य समेत हुन ।
रुकुमबाट विद्यालय तह सम्मको अध्ययन पुरा गरेका कपिल आचार्यले नेपाल इन्जिनियरिङ्ग कलेजबाट स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरेका छन् ।





