एशियन ओलम्पिक छनौट : नेपाल बंगलादेशविरुद्ध मैदान उत्रँदै



२७ कार्तिक २०७५, काठमाडौं

एशियन ओलम्पिक छनौट अन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल याङगोनस्थित थुनुवास्थित स्टेडियममा नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुने छ ।

सोमबार म्यानमारसँग बराबरी खेलेको नेपालको लागि यो खेल निकै महत्वपुर्ण रहेको छ । यो खेलले नेपालको अघिल्लो चरणको यात्राको निधो गर्ने खेल हो, त्यसैकारण नेपालले यस खेललाई चूनौतीको रुपमा लिएको छ । हिजो भएको म्यानमारसँगको खेलमा दुबै प्रतिद्वन्दीले १–१ बराबरी खेलेका हुन् ।

समूह ‘सी’ मा रहेको नेपाल २ अंक सहित तेस्रो स्थानमा रहेको छ, भने ४ अंक सहित म्यानमार शिर्ष स्थानमा छ । यता, बंगलादेश भने यो समयसम्म अंकबिहिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्