टी–२० महिला विश्वकपमा भारतद्वारा पाकिस्तान पराजित



२६ कार्तिक २०७५, काठमाडौं

टी–२० महिला विश्वकपमा भारतले पाकिस्तानमाथि ७ विकेटको जित हात पारेको छ । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य भारतले मिथाली राजको अर्धशतकसँगै अन्तिम ६ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो ।

त्यस्तै मिथालीले ५६ रन बनाइन् । स्मृति मन्धानाले २६ रनको योगदान दिइन् । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १३३ रन बनाएको थियो । ३० रन जोड्दा ३ विकेट गुमाएको उसको पारी भिस्मा मोरुफ र निदा दाले सम्हालिन् । दुबैले चौथो विकेटका लागि ९७ रनको साझेदारी गरे ।
तर, १९ औं ओभर दुबै आउट भइन् ।

ओभरको पहिलो बलमै मारुफ ५३ रनमा आउट भइन् । तेस्रो बलमा निदा पनि आउट भइन् । उनले ५२ रन बनाइन् ।

प्रतिक्रिया दिनुहोस्