बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट मंसिरको दोस्रो साताबाट हुँदै



२६ कार्तिक २०७५, काठमाडौं

पाँचौं संस्करणको बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता मंसिरको दोस्रो साताबाट हुने भएको छ । खेल मंसि १० देखि १५ सम्म हुने बताईएको छ ।
एसएस इभेन्ट्स प्रालीको आयोजना किर्तिपुरको क्रिकेट मैदान हुने जनाईएको छ ।

खेलमा २४ टोलीको सहभागिता रहने जनाईएको छ । सहभागि टोलीलाई ८ समूहमा विभाजन गरि खेलाईने छ । प्रत्येक टोलीको दुई समूहले क्वाटलफाईनलमा स्थान बनाउने छन् भने, खेल ५ ओभरको हुने जनाईएको छ । सेन्चुरी बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर तथा उपविजेताले अर्को वर्ष हुने खेलमा प्रवेश निशुल्क पाउने छ ।

उपविजेताले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपर, सर्वाधिक छक्का प्रहर गर्ने, फेयर प्ले टिमले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्