प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त



२६ कात्तिक २०७५ काठमाडौँ

आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार (परराष्ट्र सल्लाहकार) मा नियुक्त गरेको छ ।

नेकपा भित्र परराष्ट्र विज्ञका रुपमा परिचित डा. भट्टराईले यस अघि पनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको परराष्ट्र सल्लाहकारका रुपमा काम गरिसकेका छन् । केपी शर्मा ओलीको वर्तमान कार्यकालमा समेत अघोषित रुपमा परराष्ट्र सल्लाहकारको रुपमा काम गर्दै आएका डा. भट्टराई आजबाट घोषित सल्लाहकार भएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र अंग्रेजी साहित्यमा स्नातक डा. भट्टराईले बेलायतको युनिभर्सिटी अफ लण्डनबाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर र भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) बाट २०११ मा विद्यावारिधि (पिएचडी) गरेका छन् । नेपालको सबैभन्दा ठूलो र लोकप्रिय विद्यार्थी संगठन अनेरास्ववियुको विदेश विभाग प्रमुख भएर २०४८ सालबाट केन्द्रीय राजनीतिमा होमिएका भट्टराई त्यसपछि एशियाली विद्यार्थी संगठनको सचिव भएर ३ वर्ष हङकङमा बसी अन्तर्राष्ट्रिय राजनीतिलाई नजिकबाट बुझेका छन्। तत्कालिन नेकपा एमालेको विदेश विभाग सदस्य, सचिव तथा पार्टीको केन्द्रीय सदस्य हुँदै अनवरत रुपमा क्रियाशील डा. भट्टराई १९५० को सन्धि सम्झौता पुनरावलोकन लगायतका काम गर्न गठित नेपाल भारत प्रवुद्ध समूह (इपिजी) का सदस्य समेत हुन् ।

गत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार भएका डा. भट्टाराई राजनीतिक ईमान्दारिता देखाउंदै आफ्नो चुनावी घोषणा पत्र अनुसारको वाचा पूरा गर्न काठमाडौं क्षेत्र नं. ४ को विकास निर्माणमा निरन्तर क्रियाशील भईरहेका छन् । कुटनीतिक व्यक्तित्व भएका डा. भट्टराईको पहलमा काठमाडौं क्षेत्र नं. ४ सडक र खानेपानी परियोजनाले गति लिन थालेपछि परराष्ट्रविद्का साथै विकासवादी नेताका रुपमा समेत चिनिन थालेका छन् ।

यो पनि पढ्नुहोस

डा. राजन भट्टराईको पहलमा कपनवासीलाई सवा २ अर्वको खानेपानी परियोजना (भिडियो सहित)

डा. राजन भट्टराईको सपना साकार हुँदै

डा. राजन भट्टराईको विकास प्रयासमा काँग्रेसको अवरोध (भिडियो सहित)

कांग्रेसबाट निर्वाचित माननीयहरु आफ्नै मान घटाउन थाले

प्रतिक्रिया दिनुहोस्