पुजाद्वारा तङ–इल–मो–दो युनिफाइडको स्वर्ण पदक नेपाललाई



२६ कार्तिक २०७५, काठमाडौं

इटहरीकी पूजा चौधरीले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । भारतको दिल्लीमा भएको तङ–इल–मो–दो विश्वकप २०१८ मा उनले स्वर्ण जितेकी हुन् ।

तङ–इल–मो–दो युनिफाइड मार्सल आर्टअन्तर्गतको एक खेल हो । यो खेल नेपालका विभिन्न जिल्लाहरुमा खेलाइन्छ भने विश्वका ४० देशहरुमा यो खेलको विस्तार भइसकेको छ ।

प्रतियोगितामा नेपालसहित २० राष्ट्रको खेलाडीहरूको सहभागिता थियो। नेपालबाट सहभागिता जनाएकी चौधरीले भारतका खेलाडीलाई पराजित गर्दै गोल्ड मेडल जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्