ओलम्पिक एशियन महिला छनौट : म्यानमारसँगको खेल बराबरी, अघिल्लो चरणमा जाने सम्भावना कायमै



२६ कार्तिक २०७५, काठमाडौं

ओलम्पिक एशियन छनौट अन्तर्गत हिजो भएको खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । यससँगैं अघिल्लो चरणमा जाने सम्भावना भने घटेको छैन ।

म्यानमारको थुवुन्न रंगशालामा भएको छनौट खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको हो । नेपालले एक गोल हान्दा म्यानमारले पनि विरुद्धमा एक गोल हान्न चुकेन । नेपालका लागि खेलको दोस्रो मिनेटमा सावित्र भण्डारीले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएकी थिईन । त्यस्तै म्यानमारका लागि खेलको १३ औं मिनेटमा बराबरी बनाउँने मौका पाएसँगैं खेल बराबरी भएको थियो । खेलको निर्धारित समयसम्म नै बराबरी खेलेका दुई प्रतिद्वन्दी नेपाल र म्यानमारले समान गोलमै समय ब्यतीत गरे ।
यो नेपालको दोस्रो बराबरीको खेल हो ।

भारतसँग पनि बराबरी खेलेको नेपालले म्यानमारसँग पनि बराबरी खेल्न पुग्यो । नेपालले अब मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । बंगलादेश भारतसँगको खेलमा फराकिलो गोलअन्तरले पराजित भएकोले नेपालले राम्रो प्रदर्शन भयो भने नेपाल अर्को चरणमा जाने निश्चित जस्तै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्