इफाप्काको ४४ औं सम्मेलनमा सहभागी हुन महासंघ टोली मलेसिया प्रस्थान



२६ कार्तिक २०७५, काठमाडौं

एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था (इफाप्का) को ४४ औं सम्मेलनमा  सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल मलेसिया प्रस्थान गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा हुने सम्मेलनमा महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । सम्मेलनमा सहभागी हुने प्रतिनिधिमण्डललाई अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पा, कोषाध्यक्ष हिरण श्रेष्ठसहित महासंघ सचिवालयको टोलीले बिदाइ गर्यो ।

सम्मेलनमा निर्माण क्षेत्रमा देखा परेका चुनौति र समाधानका बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । इफाप्का सदस्यहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि सम्मेलनका क्रममा छलफल हुने बताइएको छ । सोमबारबाट सुरु हुने सम्मेलन चार दिन सम्म चल्नेछ ।

नेपाली प्रतिनिधिमण्डलले मलेसिया सहित सिंगापुर र इण्डोनेशियाको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धीको स्थलगत अध्ययन अवलकोन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्