पुर्व उपाध्यक्ष तिमल्सिना सहित, अन्य तीन पदाधिकारी राखेपको बोर्ड सदस्यमा



२६ कार्तिक २०७५, काठमाडौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पुर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना सहित तीन अन्य तीन पदाधिकारी राखेप बोर्ड सदस्यमा नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले रिक्त रहेको बोर्ड सदस्यका लागि तिमल्सिनासहित ३ पदाधिकारीको नाम सिफारिस गरेका थिए । विश्वकर्माको सो सिफारिसको आधारमा आईतबारको मन्त्रीपरिषद्ले नेपाल भलिबल संघका केन्द्रिय सदस्य इन्दिरा निरौला र पुर्व सदस्य राजेश गुरुङलाई नियुक्त गरेको हो । उनीहरु नियुत्त भएका तर,  नियुक्तिपत्र भने केही दिनपछि उपलब्ध गराईने बताईएको छ ।

राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना लामो समयबाट नेपाली खेलकुदमा सक्रिय रहेका छन् । यस्तै निरौला पुर्व राष्ट्रिय महिला भलिबल खेलाडी हुन् । हाल भलिबल संघको केन्द्रीय सदस्य समेत रहेकी छिन् । बक्सिङका पुर्व खेलाडी गुरुङ पुर्व राखेप सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्