आफ्नो १२ औं हप्ताको खेलमा सेल्टासँग भेट गर्दै रियल



२५ कार्तिक २०७५, काठमाडौं

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज राती रियल मड्रिडले आफ्नो बाह्रौं हप्ताको खेल अवे मैदानमा सेल्टा भिगोविरुद्ध खेल्ने भएको छ ।

अन्तिम समयमा जितमा फर्किएको रियलले पछिल्लो तीन खेल लगातार जितिरहेको छ । मुख्य प्रशिक्षक जुलेने लुपेगेईको राजिनामासँगैं रियलले आशातीत प्रगति गरेको हो । लिगमा हाल रियल १७ अंक सहित खेलमा ११ औं स्थानमा छ । उसले लिगमा ५ खेल जित्दा २ खेल बराबरी ४ खेल हारिसकेको छ ।

तर, यता सोल्टा भने समान अंक १४ सहित खेलको १३ स्थानमा अडिएको छ । हालका रियल प्रशिक्षक सान्टियागी सोलारीको प्रशिक्षणमा आज रियलले १२ औं हप्ताको खेल सेल्टासँग खेल्न लागेको हो ।

दुई बलियो प्रतिद्वन्दीको खेल नेपाली समयअनुसार राती ०१ः३० मा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्