इरानका महिलाहरुलाई एशियन च्याम्पियनसिप खेल हेर्न अनुमति



२५ कार्तिक २०७५, काठमाडौं

इरानका सयौँ महिलालाई तेहरानमा भएको एसिया च्याम्पियन्स लिगको फाइनल खेल हेर्न अनुमति दिइएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका महिलाहरु पुरुषहरुको फुटबल खेल हेर्ने अनुमति दिईएको थिएन । योसँगै शीर्ष खेलहरुमा महिलामाथि लाग्दै आएको ३५ वर्षदेखिको प्रतिबन्ध अन्त्य भएको छ ।

स्थानीय पर्सपोलिस र जापानको कासिमा एन्टलर्सबीचको खेल हर्ने पुगेका अधिकांश महिला खेलाडीहरुका आफन्त तथा महिला फुटबल टोलीका सदस्यहरु रहेको बताइएको छ । विश्व फुटबलको नियामक निकाय इरानसँग महिलाहरुमाथि लगाइएको प्रतिबन्ध हटाउन छलफलमा रहेको छ । गत महिना इरान र बोलिभियाबीचको मैत्रिपूर्ण खेलमा १ सय जना महिलालाई खेल हेर्ने अवसर दिइएको थियो । तर, लगत्तै प्रतिबन्ध पुनः लागु गरिएको थियो । गत मार्चमा पर्स्पोलिस र तेहरानकै इस्टेकललबीचको खेल हेर्न पुगेका ३५ महिलालाई हिरासतमा लिइएको थियो ।

सन् १९८१ यता कुनै पनि ठूलो फुटबल प्रतियोगिताहरुमा महिलालाई प्रतिन्ध गरिएको थियो । अन्य देशका महिला समर्थकहरुलाई भने केही खेलमा सहभागी हुने अवसर दिने गरिएको थियो । इरानमा महिलाहरुलाई स्टेडियममा पहुँचका लागि अभियान चलाइरहेको ओपन स्टेडियम्स नामक समूहले गत हप्ता २ लाख बढीको हस्ताक्षरसहितको ज्ञापनपत्र फिफालाई बुझाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्