आगामी वर्ष हुने महिला विश्वकपको लागि लाखौंको टिकट बिक्रि



२५ कार्तिक २०७५, काठमाडौं

आगामी वर्ष हुने महिला विश्वकप फुटबलको टिकट अहिले सम्मनै लाखौंको बिक्रि भएको फिफाले जनाएको छ । सन् २०१९ को जुन ०७ देखि जुलाई ०७ सम्म चल्ने खेलको लागि अहिले नै एक लाख बराबरको टिकट बिक्रि भईसकेको बताईएको छ ।

सेप्टेम्बरबाट खुलेको टिकट अहिले सम्म आईपुग्दा करिब एक लाख बाराबरको विक्रि भएको हो । टिकटसम्बन्धी नौ वटा प्याकजे बनाइएको फिफाले जनाएको छ । व्यक्तिगत टिकट भने यही आउँदो डिसेम्बर २३ देखि बिक्री शुरु हुनेछ । प्रतियोगिता आउँदो सन् २०१९ को जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ । ग्रेनोबल, ले हाभ्रे, लिओन, मोन्टपेल्लीर, नाइस, पेरिस, रेम्स, रेन्नेज र भ्यालेन्सीन्नजमा खेलहरू हुने भएका छन् ।

सेमी फाइनल र फाइनल खेल लियोनमा गर्ने तालिका बनाइएको छ । त्यस खेलहरूका लागि झण्डै २२ हजारभन्दा बढी प्याकेज तीन महिनाका लागि बिक्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्