ला लिगा : म्याड्रिडद्वारा बिल्बाओ पराजित



२५ कार्तिक २०७५, काठमाडौं

स्पेनिस लालिगा अन्तर्गत शनिबार भएको खेलमा एट्लेटिको म्याड्रिडले एथ्लेटिको बिल्बाओमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । डिएगो गोडिनले इन्जुरी समयमा म्याड्रिडका लागि निर्णायक गोल गरे ।

म्याड्रिडमा भएको खेलमा बिल्वाओका लागि इनाकी विलियम्सले दुई गोल गरेका थिए । उनले ३६औं मिनेटमा विलियम्सको पासमा गोल गर्दै बिल्वाओलाई अग्रता दिलाए। ६१औं मिनेटमा थोमस पार्टीले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए । तर त्यसको तीन मिनेटपछि नै विलियम्सले ब्यक्तिगत दोस्रो गोल गर्दै बिल्वाओलाई पुनः अग्रता दिलाए । तर खेललाई रोमाञ्चक बनाइराख्न म्याड्रिड सफल भयो । ८०औं मिनेटमा पार्टीको पासमा रोद्रिगो हर्नाण्डेजले म्याड्रिडलाई २–२ को अवस्थामा पुर्याए । तर म्याड्रिडका लागि निर्णायक गोल भने इन्जुरी समयमाको पहिलो मिनेटमा एन्ट्वोन ग्रिजम्यानको पासलाई हेड मार्फत गोडिनले गरेको आकर्षक गोलनै रह्यो यद्यपि यक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोग भएको थियो । जसलाई भारले गोलको मान्यता दियो ।

जितसँगै एट्लेटिको म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी एक अंकमा झारेको छ । एक खेल कम खेलेको बार्सिलोना २४ अंक सहित शीर्ष स्थानमा छ भने एट्लेटिकोको १२ खेलबाट २३ अंक भएको छ। बिल्वाओ भने १० अंक सहित १७औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्