
२४ कार्तिक २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् । उनले बहिनीहरु विष्णुमाया ढकाल र कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।

प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै टीका लगाएको उनको सचिवालयले जनाएको छ ।






