वेष्ट इन्डिजविरुद्धको टी–२० सिरिज भारतको हातमा



२१ कार्तिक २०७५, काठमाडौं

वेष्ट इन्डिजविरुद्धको टी–२० सिरिज भारतले हात पारेको छ । दोस्रो खेलमा भारतले वेष्ट इन्डिजलाई ७१ रनले पराजित गरेको हो ।

१ सय ९६ को लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाउन सक्यो । डारेन ब्राभोले बनाएको २३ रन टोलीको सर्वाधिक रन रह्यो । भारतका भुवनेश्वर कुमार, खालिल अहमेद, जसप्रित बुम्राहा र कुलदिप यादवले समान २–२ विकेट लिन सफल भए । विशाखापट्नममा टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान रोहित शर्माले स्मरणीय इनिङ्स खेले ।

उनको नटआउट १ सय ११ रनको मदतले भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । शिखर धवन ४३ र लोकेश राहुल २६ रनमा अविजित भएको खेलमा ऋषव पन्त ५ रनमा आउट भएका थिए ।
अन्तिम खेल चेन्नेईमा नोभेम्बर ११ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्