
२० कार्तिक २०७५, संखुवासभा
संखुवासभाको चैनपुरमा रहेको चर्चित शक्तिपिठ सिद्धकाली मन्दिरमा एक परिवारले भवन निर्माण गरिदिएका छन् । स्वर्गीय लोकमान श्रेष्ठको स्मृतिमा उनका परिवारले भक्तजनका लागि सभाभवन निर्माण गरिदिएका हुन् । भवन एक कार्यक्रमका बीच आईतबार मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गरिएको छ ।
चैनपुर नगरपालिकाका प्रमुख समेत रहेका संरक्षण सम्वर्द्धन समितिका अध्यक्ष भरतकुमार खत्रीलाई भवनको साँचो हस्तान्तरण गरिएको थियो । भवनको मर्मत सम्भारका लागि उनीहरुले ५ लाखको अक्षय कोष पनि खोलेका छन् । व्याजबाट आएको रकमले हरेक वर्ष भवनको मर्मत गरिनेछ ।
वि.सं.१७७५ मा स्थापित नेपालकै चर्चित धार्मिक शक्तिपिठ सिद्धकाली मन्दिरमा सत्यदेवीको दाहिने आँखा पतन भएको धार्मीक मान्यता छ ।





