
२० कार्तिक २०७५, इटहरी
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय अध्यक्ष सत्तारूढ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गति बढाउन गियर फेर्न लागेको बताएका छन् । नेकपाको प्रदेश १ कमिटीले गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको कामले तत्कालै गति लिने बताएका हुन् । अध्यक्ष प्रचण्डले तत्काल मन्त्रीमण्डल हेरफेर नहुने समेत स्पष्ट पारे । नेता विष्णु पौडेलसहित विराटनगर आएका उनले सरकारले लोकप्रयताका काम भन्दापनि दीर्घ समृद्धीका काममा समय खर्च गरेको बताए ।
उनले मौसमअनुसार सरकारले गति घटबढ गर्ने बताए । हिलो सिजनमा १ नम्बर गियरमा चलेको सरकारको गति गियर बदलेर बढाउने उनले बताएका हुन् । उनले मन्त्री परिवर्तन गर्ने सम्भावना नभएको पनि स्पष्ट पारे ।
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने सम्भावना नसकिएको उनको भनाई थियो । उनले मोदी नेपाल नआउने खबर ठूलो नभएको भन्दै यसलाइै त्यति ठूलो खबर बनाउन आवश्यक नभएको तर्क गरे ।
विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा मोदी जनकपुर आउने कार्यक्रम रहेको बताइए पनि मोदी नआउने खबर पनि आइरहेका छन् ।





