भोभिनममा नेपाललाई रजत पदक



२० कार्तिक २०७५, काठमाडौं

भोभिनम एशियन च्याम्पियनसिपमा नेपाललाई रजत पदक मिलेको छ । इन्डोनेसियाको बालीमा सम्पन्न ७२ केली तौल समुहमा नेपालका अजय बुढाथोकीले नेपाललाई रजत पदक दिलाएका हुन् ।

क्वाटरफाईनलमा बाई पाएर फाईनलमा गएका अजयले सोमिफाईनलमा कम्बोडियाका हराउँदै फाईनलमा पुगेका थिए । तर फाईनलमा भने उनी भियतनामका एक खेलाडीसँग पराजित भई रजत पदकमा चित्त बुझाएका हुन् ।

यसअघि पनि अजयले मिक्स मार्सअ आर्टमा विभिन्न पदक जित्नुका साथै विश्व च्याम्पियनसिपमा सहभागिता जनाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्