एटीएफ टेनिस च्याम्पियनसिप पोखरामा हुने, ७ राष्ट्रका सहभागिता रहने निश्चित



२० कार्तिक २०७५, कठमाडौं

आगामी ०४ मंसिरदेखि २० मंसिरसम्म पोखरामा जुनियर एटीएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । एशियन महासंघको कार्यक्रम अनुसार सो प्रतियोगिता हुन लागेको हो ।

जसमा मलेशिया, अष्ट्रेलिया, ईन्डोनेसिया, पाकिस्तान, भारत, नेपाल तथा हङकङ गरि ७ राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । आयोजक कास्की जिल्ला टेनिस संघका अनुसार प्रतियोगितामा १० वर्ष देखि माथिका र १४ वर्षभन्दा मुनिका १११ जना महिला तथा पुरुषको सहभागिता जनाउने छन् । प्रतियागीहरुलाई पहिलो सर्किटमा ३० पुरुष तथा २३ महिला र दोस्रोमा ३३ पुरुष र २५ महिलाले भाग लिने आयोजकले जनाएको छ ।

होटल टेकर्स इनले प्रायोजन गरेको कार्यक्रम अंग्रेजी नयाँ वर्षमा पर्ने हुनाले सो स्थानमा पर्यटकीय हिसाबबाट पनि महत्वपुर्णका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्