जुनियर खेलाडीको प्रतिभा स्तरबृद्धि गर्ने युथ एथलिट्स कोचिङ सम्पन्न



१९ कार्तिक २०७५, काठमाडौं

जुनियर खेलाडीमा रहेको प्रतिभालाई अझ स्तरवृद्धि गर्ने उद्देश्यले सञ्चालित युथ एथलिट्स कोचिङ क्याम्प सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान०ले आयोजना गरेको १० दिने क्याम सोमबारबाट सकिएको हो ।

क्याम्पमा राखेपले आयोजना गरेको केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको व्यक्तिगत स्पर्धामास्वर्ण जितेका ७२ खेलाडी सहभागी थिए । जसमा तेक्वान्दो, कराते, उसु र एथलेटिक्स खेलाडीहरुको सहभागिता रहेको थियो । कराते खेलाडीलाई गंगाराम महर्जन र कुशल श्रेष्ठ, तेक्वान्दोलाई नवीनकुमार श्रेष्ठ र हीरा थापा, एथलेटिक्सलाई चन्द्र गुरुङ, धनिराम चौधरी, राकेश वज्राचार्य र पद्मा चौधरी तथा उसुलाई गोपाल श्रेष्ठ र प्रकाश महर्जनले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागी चारै खेलका एक–एक पुरुष÷महिला उत्कृष्ट खेलाडी छनोट गरी समापनकै अवसरमा नगदबाट पुरस्कृत गरिएको थियो । करातेको पुरुषमा अनिश लामा र महिलामा विमला नेपाली तथा उसुको पुरुषमा प्रवीण लामा र महिलामा अस्मिता श्रेष्ठ उत्कृष्ट चुनिए ।

त्यस्तै तेक्वान्दोको पुरुषमा शैलेश गिरी र महिलामा आयशा लामा तथा एथलेटिक्सको पुरुषमा विकास खाँड ठकुरी र महिलामा जयरानी थारु उत्कृष्ट घोषित भए । उत्कृष्ट सबैले जनही ३ हजार नगद पुरस्कार प्राप्त गरे । सहभागीलाई राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य, सानका निर्देशक नवीन उप्रेती, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्