१२६ घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउँदै बन्दना, कार्यक्रम मंसिर ७ बाट सुरु हुने पक्का(विज्ञप्तीसहित)



१९ कार्तिक २०७५, काठमाडौैं

धनकुटाकी बन्दना नेपालले  १ सय २६ घण्टा लगातार नृत्य गरेर गिनिज बुकमा नाम लेखाउने भएकी छिन् । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि एक  विज्ञप्तीका साथ सो जानकारी गराईएको हो ।

यो भन्दा पहिलो सो विधामा भारतकी मलामण्डलम हेमलथाको नाम थियो । उनले सो विधामा लगातार १ सय २३ घण्टा नाँचेर विश्व किर्तिमानी राखेकी जनाईएको छ । यता बन्दनाले भने, उनी भन्दा ३ घण्टा बढि यानकी, १२६ घण्टा नाँचेर रेकर्ड राख्न लागेकी हुन् । उनको सो कार्यक्रम मंसिर ७ को विहान ७ बेजबाट सुरु हुने पनि सम्मेलनमा जानकारी गराईएको छ । सो नृत्य बत्तिसपुतलीस्थित विग फुटल्याण्डमा हुने छ । नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाउने प्रयास स्वरुप उनले सो नुत्य गर्न लागेकी हुन् । जसका लागि उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले अनुमति पनि दिईकेको बन्दना बताउँछिन् ।

सानै देखि गितसंगित तथा नृत्यमा रुची राख्ने बन्दना अहिले आएर नृत्यबाट नै संसारसामु आफु अनि नेपाललाई पनि सँगसँगैं चिनाउन लागेकी छिन् । कार्यक्रममा विभिन्न मौलिक पहिरन र भेषभूषामा नृत्य प्रस्तुत हुने छ । सो समारोहलाई देशका विशिष्ट ब्यक्तित्वहरुले समुद्घाटन गर्ने जनाईएको छ ।

बाबु राम नेपाल–

छोरीको प्रगतिको बाटो देखेर दगं बन्दनाकी बाबु राम नेपाल पनि मन्त्रमुग्ध छन् । यो घडीमा कस्तो अनुभव गरिरहनुभएको छ ? भन्ने पत्रकारहरुको उत्तरमा उनले भनेका छन्, यो एकदमै गाह्रो काम हो, तर मेरो छोरी बन्दनाले यसलाई सजिलै निभाउन खोजिरहेकी छिन् , एकदमै खुसी छु । उनी भन्छन् बन्दनाजस्तो छोरी जन्माएकोमा अनि यो उनको प्रगति देखेर धेरै भाग्यमानी अनुभव गरिरहेको छु ।

अन्त्यमा–

बन्दना रामको मात्रै छोरी नभएर सम्पुर्ण नेपाल राष्ट्रको छोरी हुन् । उनले यो साहस लिनु मात्रै पनि ठुलो कुरा हो । उनले नेपालजस्तो विकासोन्मुख राष्ट्रलाई विश्वसामु चिनाउन खोज्दैछिन् ।

उनको यो प्रयास सफल होस्

हामीले आ–आफ्नो तहबाट सक्दो सहयोग गरौं अनि बाचौं नेपालीहरुको नेपालीत्व देखाउँदै ।

प्रेस विज्ञप्ती–

यो पनि पढ्नुहोस्

लगातार १२६ घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउने तयारीमा नेपाली चेली बन्दना नेपाल ( भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्