इण्डिजविरुद्ध भारतले जित निकाल्यो



१९ कार्तिक २०७५, काठमाडौं

पाहुना टोली वेष्ट इण्डिजविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारतले जित निकालेको छ । आइतबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई ५ विकेटले हराएको हो ।

कोलकातामा वेष्ट इण्डिजले दिएको ११० रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि दिनेश कार्तिकले अविजित ३१ तथा हार्दिक पान्डयाले २१ रन जोडे । यस्तै मनिस पाण्डेले १९ रन जोड्दा लोकेस राहुलले १६ रन जोडे । वेष्ट इण्डिजका ओशाने थोमस र कार्लोस ब्रैथवेथले समान २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

फाबियन एलेनले २७ तथा केमो पाउलले १५ रन जोडे । यस्तै साई होप र केइरोन पोलार्डले समान १४र१४ रन बनाए । भारतका कुलदीप यादबले ३ विकेट लिए । यो जितसंगै भारतले ३ खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्