मेलिना राईको भैलेनी गीत सार्वजनिक (भिडियो)



१९ कार्तिक २०७५ काठमाडौँ

“चट्ट दिदी नाँचिदेऊ छमछमी” बोलको भैलेनी गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।

मेलिना राई र माया गजुरेलको स्वर रहेको गीतमा कृष्ण उदाशीको रचना, गौरभ दर्पणको संगीत रहेको छ । नोर्बु शेर्पाको संगीत संयोजन (ऐरेन्ज) रहेको गीतको भिडियोको मुख्य भूमिकामा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठ रहेका छन् ।

कवि मिलनको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीतको भिडियोलाई भूपेन्द्र तुम्बापोले क्यामेरामा कैद गरेका हुन् । भिडियो मोरङको उर्लाबारीमा सुटिङ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्