नायिका रेखाद्वारा पत्रकार धमलामाथि ‘मीटु’ को आरोप



१९ कार्तिक २०७५, काठमाडौं

सामाजिक संजालमा गर्माएको ‘मीटु’ अभियानको विश्वभर चर्चा रहेकोे बेला यसको प्रभाव भारत हुँदै नेपालमा समेत परेको देखिन्छ । केही समयअघि नायिका बेनिशा हमालले युट्युव मार्फत सार्वजनिक एक अन्तरवार्ताका क्रममा आफूमाथि एक व्यक्तिले शोषण गर्न राखेको आरोप लगाएकी थिईन् भने नेकपाका नेता केशव स्थापितलाई पनि महानगरपालिकाकी तत्कालीन कर्मचारीले यौनहिंसाको आरोप लगाएकी थिइन् ।

एक टेलिभिजन कार्यक्रममा ऋषि धमलाले नायिका रेखा थापासँगको अन्तर्वार्तामा उनको पहिलो विवाहको कुरा कोट्याएपछि नायिका थापाले अन्तर्वार्तामा नै ‘मीटु’ अभियानमा जाने चेतावनी दिएकी थिईन् ।

नयिका थापाले पत्रकार धमलालाई, ‘म एउटा परिपक्व महिला हुँ, कहिले विवाह गर्छु त्यो मेरो कुरा भयो, यो कुरा तपाइँले सोध्न मिल्दैन, विगतका कुरा कोट्याउँदा मानसिक असर पर्न सक्छ’ भन्ने जवाफ दिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्