युनियन सुनसरीको नेतृत्वमा पुरी र अधिकारी !



१८ कार्तिक २०७५, इटहरी

नेपाल प्रेस युनियन सुनसरीको आठौं जिल्ला अधिवेशनले सर्वसम्वत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

सुनसरीको इटहरीमा सम्पन्न आठौं जिल्ला अधिवेशनले धनवहादुर पुरी र पवन अधिकारी आलोपालो अध्यक्ष वन्ने गरी नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको हो । चार वर्षे कार्यकालको पहिलो दुई वर्ष र त्यसपछि अधिकारी अध्यक्ष रहने गरी नयाँ नेतृत्व चयन भएको छ । नयाँ कार्य समितिका लागि उपाध्यक्षमा सञ्जीव वाग्ले महिला उपाध्यक्षमा रञ्जना पौडेल सचिव निशान्त चौधरी सहसचिव सुप्रिया राई र उषाकिरण घिमीरे कोषाध्यक्षमा मिकाल आलम चयन भएका हुन ।

त्यसैगरी सदस्यहरुमा बिवेक विशव रेग्मी , जीवन फुँयाल, सम्राट थापा, जितेन्द्र शाह, नविन पाण्डे, विरेन्द्र शाह, महिला सदस्यहरुमा कृष्णकला राई, सुस्मिता राई, सपना राई आदिवासी जनजाति सदस्यमा श्वेता सरदार अल्पसंख्यकमा निश्चल शर्मा रहेका छन । अधिवेशनले केन्द्रीय पार्षदमा सचिन पोखरेल, कृष्ण भट्टराई जुनेली, दिपक कार्की, दिवस पोखरेल, गोविन्द घिमिरे, अमर खड्का लगायत २५ जना सर्वसम्वत छनौट गरेको छ । त्यसै गरी प्रदेश पार्षदहरु समेत सर्वसम्वत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्