आईसीसीको वरीयतामा चार नेपाली क्रिकेटर



१८ कार्तिक २०७५, काठमाडौं

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० क्रिकेटको नयाँ वरीयतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आर्इसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर पर्न सफल भएका हुन् ।

नेपाली टोलीका कप्तान तथा ब्याट्सम्यान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी उक्त सूचीमा परेका हुन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ९४औं र शरद १००औं स्थानमा छन्। यस्तै, बलिङतर्फ सोमपाल ९२औं र रेग्मी ७४औ स्थानमा छन् ।

आर्इसीसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा वरियता निर्धारण गर्छ। एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली खेलाडी पनि यसै वर्षदेखि यस सूचीमा समावेश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्