६ बर्षिया बालिका बलात्कार गर्ने आचार्य पक्राउ



१८ कार्तिक २०७५, इटहरी

इटहरीमा १४ बर्षीया वालिका बलात्कृत भएको एक साता नबित्दै पुनः अर्को बलात्कार भएको छ । इटहरी ५ स्थित काव्यबाटिकाका १८ बर्षीय भवानी आचार्यले स्थानीय ६ बर्षीया बालिकालाई बलात्कार गरेको खुलेको हो । ११ कक्षामा अध्ययनरत रहेका आचार्यले बालिकालाई जर्बजस्ती रुपमा करणी गरी बलात्कार गरेको स्थानीयबासीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिब कुमार श्रेष्ठका अनुसार घटना केही समय पहिलेको भएपनि शनिबार मात्र उजुरी परेपछि पीडक पक्राउ परेका छन् ।

गत कात्तिक ७ गते मात्रै पनि इटहरीमा १४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २६ बर्षीय नवीन बिक पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्