पीपीएल : राइनोजद्वारा रोयल्स पराजित



१८ कार्तिक २०७५, काठमाडौं

पोखरा प्रिमियर लिग (पीपीएल) मा आज ईलमिनेट खेलमा चितवन राइनोजद्वारा रोयल्स काठमाडौं पराजित भएको छ । पोखरा रंगशालमा भएको खेलमा चितवनले काठमाडौंलाई ६ विकेटले पराजित गरेको हो । टस हार्दै पहिले ब्याटिङ गरेको काठमाडौंले दिएको लक्ष्य पछ्याएको चितवनले १८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । चितवनको जितका लागि चौथो र पाँचौं नम्बरमा मैदान छिरेका स्मीत पटेल र आरिफ शेखले ५७ रनको साझेदारी पारी खेलेर चितवनलाई जितनजिक पुर्याएका थिए । चौथो विकेटका रुपमा स्मीत पटेल आउट भएपछि मैदान प्रवेश गरेका सन्नी पटेलले १८ ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै खेल जिताएका हुुन् । चितवनको जितका लागि स्मीत पटेलले सर्वाधिक ३८ रन बनाए । उनले ४३ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ३८ रन बनाए भने उनलाई साथ दिएका आरिफ शेखले २० रन बनाए ।

त्यस्तै, चितवका लागि ओपनिङ ब्याट्सम्यान हरिशंकर शाहले अग्रपंतिmलाई सम्हाल्दै २६ रन बनाएका थिए । चितवनविरुद्ध दोस्रो ओभरको पहिलो बलमा भरपर्दा ओपनिङ ब्याट्सम्यान अनिल कुुमार शाह १ रनमा आउट भए भने ४।१ ओभरमा तेस्रो स्थानमा मैदान प्रवेश गरेका कप्तान पारस खड्का २ रनमा आउट भएका थिए । तेस्रो विकेटका रुपमा ओपनिङ ब्याट्सम्यान हरिशंकर शाह पवेलियन फर्किएका थिए । चौथो र पाँचौं विकेटका रुपमा स्मीत पटेल र आरिफ शेखले मैदान प्रवेश गरेका थिए । चितवनविरुद्ध काठमाडौंका सुुसान भारीले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिए भने पवन शराफले एक विकेट लिए । यसअघि पहिलो इनिङ्समा टस जितेर ब्याटिङ गरेको काठमाडौं रोयल्सले १९।३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन बनाएर चितवनाई ९५ रनको लक्ष्य दिएको थियो ।

काठमाडौंका लागि छैठौं विकेटका रुपमा मैदान प्रवेश गरेका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । त्यस्तै, काठमाडौंका लागि ओपनिङ ब्याट्सम्यान जयकिसन कोल्सावालले २५ रन बनाएका थिए भने कप्तान मल्ल र कोल्सावालले ३८ रनको साझेदारी खेले । त्यस्तै, दोस्रो ओभरमा बलिङमा आएका सन्नी पटेलले ९ रन बनाएर खेलिरहेका अमित श्रेष्ठ पहिलो बलमा विकेट लिए भने दोस्रो बलमा पवन शराफ शून्यमा आउट गराउँदा छैटौं बलमा १ रन बनाएका गौरव तोमरलाई पवेलियन फर्काएका थिए । काठमाडौंका ब्याट्सम्यान मल्ल र कोल्सावाला बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै, काठमाडौंलाई सस्तैमा समेट्न चितवनका सन्नी पटेलले सर्वाधिक ३ विकेट लिए भने भुुवन कार्की र स्मीत पटेलले समान २–२ विकेट लिए । कप्तान पारस खड्काले १ विकेट लिए ।

जितसँगै चितवन राइनोज मंगलबार हुुने फाइनल खेलमा पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नछ । पोखरा पल्टन समूह चरणको शीर्ष स्थानमा रहँदै शनिबार नै फाइनल प्रवेश गरिसकेको छ । सर्वाधिक पुरस्कार राशीको पीपीएलको विजेता टोलीले २७ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ

प्रतिक्रिया दिनुहोस्